canaryacademy56@gmail.com +977 9801444350

Canary Academy

Haldibari 2, Jhapa, Nepal

ऐतिहासिक पृष्ठभूमि

Published on: 2024-06-20
Views
101
Share
ऐतिहासिक पृष्ठभूमि

ऐतिहासिक पृष्ठभूमि

Published on: 2024-06-20
Views
101
Share
ऐतिहासिक पृष्ठभूमि

बि.सं. २०५६ सालमा स्थापित क्यानरी एकाडेमीले प्रारम्भका केहि बर्षहरु हालको हल्दिबारी-२, मिलन चौकमा विद्यालय स्थापना गरी पूर्व प्राथमिक तह संचालन गरेको थियो । बि.सं. २०७१ मा आइपुग्दा कक्षा दशसम्मको शैक्षिक कार्यक्रम संचालन अनुमति प्राप्त गरे यता जम्मा १० ओटा ब्याच एस.ई.ई. पास गराइसकेको छ ।

तत्कालिन श्री ५ को सरकार, कम्पनी रजिस्ट्रारको कार्यालयमा बि.सं. २०५८ मा हल्दिबारी निवासी ५ शिक्षाप्रेमीहरु श्री प्रेमकुमार श्रेष्ठ, श्री टिकादेवी चुडाल, श्री रत्नकुमार राई, श्री दिलकुमार राई र श्री गणेश चुडालद्वारा निजी कम्पनीको रुपमा दर्ता गरी निजि कम्पनीको रुपमा संचालन शुरु गरिएको क्यानरी एकाडेमी प्रा. लि. बि.सं. २०५९ मा आइपुग्दा कम्पनीको एकल स्वामित्व संस्थापक मध्येकै एक तथा प्रिन्सिपल श्री टिकादेवी चुडालमा निहित रहन पुगेको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको बर्ष नै क्यानरी एकाडेमीले १ किलोमिटर पश्चिमउत्तर जनजागृति चौकमा आफ्नै कम्पनी क्यानरी एकाडेमी प्रा.लि.को स्वामित्वमा रहेको जमिनमा भवन निर्माण गरी हालसम्म यहि भवनमा विद्यालय संचालन गर्दै आएको छ ।

बि.सं. २०५९ देखि नै कम्पनीको एकल स्वामित्व विद्यालयको संस्थापक/प्रिन्सिपल श्री टिकादेवी चुडालमा निहित रहेकोमा बि.सं. २०६१ बाट निरन्तर शिक्षण गर्दै प्रशासनिक कार्यमा पनि योगदान दिदै आउनु भएका विद्यालयका भाइस प्रिन्सिपल श्री मनकुमार बेघालाई पनि बि.सं. २०७१ सालबाट कम्पनीले विद्यालय स्वामित्वको अंशियार बनाएपछि भने हालसम्म प्रिन्सिपल श्री टिकादेवी चुडाल र भाइस प्रिन्सिपल श्री मनकुमार बेघा गरी दुई जना शेयर होल्डर रहेर विद्यालय उत्साहका साथ चलिरहेको छ ।

Any question?


Canary Academy logo
Address
Haldibari 2, Jhapa, Nepal
Phone
+977 9801444350
Email
canaryacademy56@gmail.com

About us

Welcome to Canary Academy, nestled in the heart of Haldibari 2, Jhapa, Nepal. Our institution is dedicated to fostering a nurturing and dynamic learning environment. With a team of exceptional educators and a committed school management, we are devoted to delivering top-tier education. At Canary Academy, we prepare our students to excel in higher education and beyond.
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2025 | Canary Academy | All rights reserved
Powered by Samarium